Rule 13
विवरण सङ्कलन गर्ने आधार
(१) सङ्कलकले नियम १० बमोजिम नाम तथा विवरण सङ्कलन गर्दा सम्बन्धित मतदाता स्वयंले उपलब्ध गराएको विवरणको आधारमा गर्नु पर्नेछ ।
(२) सङ्कलकले नियम ११ र १२ बमोजिमको विवरण सङ्कलन गर्दा मतदाता स्वयं वा निजको परिवारको सदस्यले उपलब्ध गराएको विवरणको आधारमा सङ्कलन गर्न सक्नेछ ।